अपराध

२१ हजार घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत उद्वब भट्टराईलाई एक्काइस हजार रुपैयाँ घुस  रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को वडा कार्यालयबाट पक्राउ गरेको हो।

भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारका टोलीले उनलाई घुस/रिसवतसहित पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेको अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ८ श्रावण २०८३ १४:४९ शुक्रबार