अपराध

सन्धिखर्कमा छोराले गरे बुवाको हत्या

अर्घाखाँचीको सन्धिखर्कमा झड्केलो छोराले बुवाको हत्या गरेर मलखादमा गाडेको अवस्थामा भेटिएको छ।  

सन्धिखर्क नगरपालिका वडा नम्बर-१२, डिभर्ना बार्सखर्कमा ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा झुपे नेपालीले धारिलो हथियार प्रयोग गरी निर्मम हत्या गरेका थिए। हत्यापछि घटना लुकाउन बुवाको शवलाई मलखादमा गाडेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

मापसे गरेर घरमा पुगेका नेपालीले बुवासँग झगडा गरेका थिए। झगडाले उग्र रूप लिएपछि उनले बुवामाथि कुटपिट गर्दा मृत्यु भएको थियो। घटना लुकाउन उनले बुवाको शवलाई मलखादमा पुरेका थिए।  

अहिले प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ असार २०८२ २०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App