पसलमा बाँकी खाएको पैसा मागेको झोकमा इटहरीमा एक पुरुषको हत्या भएको छ । इटहरी वडा नं.१६ का ४२ वर्षीय रामकुमार चौधरीको कुटपिट गरि बुधबार राति हत्या गरिएको हो ।
इलाका प्रहरी कार्यालय पकलीका अनुसार इटहरी १६ का लाल चौधरीले रामकुमारको पसलमा थोरै पैसा बाँकी रहेको र त्यो मागेको झोकमा घर नजिकै कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रामकुमारलाई तत्काल गाउँलेले स्थानीय अस्पताल पुर्याएका थिए । थप उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनालगतै प्रहरीको टोलीले लाल चौधरीलाई पक्राउ गरेको पकलीका निरीक्षक लेखनाथ दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ९ आश्विन २०८२ १८:०६ बिहीबार