अपराध

गाँजा बिक्री गरिरहेको अवस्थामा बालक पक्राउ, अनुसन्धान जारी

प्रहरीले वीरगञ्जबाट लागुऔषध गाँजासहित एक बालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा फुलवारी टोलमा साना–साना पोका बनाई लागुऔषध गाँजा बिक्री गरिरहेको अवस्थामा १६ वर्षीय वालकलाई पक्राउ गरेको हो।  

प्रहरीले गोप्य सूचनाको आधारमा उनको घर खनतलासी गर्दा लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १४ के.जी.२२६ ग्राम बरामत गरेको छ ।

बालकलाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८२ १८:०२ सोमबार