इलामको देउमाई नगरपालिकामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका–३, सुर्केका ४० वर्षीय राजु विक रहेका छन्।
ती महिलामाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले विकलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १७ चैत्र २०८२ १६:०७ मंगलबार