अपराध

चुनाव भड्काउन सामाजिक सञ्जालमा अफवाह : ३२ जना पक्राउ

फागुन २१ गते हुने निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झूटा अफवाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ। मंगलबारसम्ममा यी व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नेपाल प्रहरीका अनुसार निर्वाचनको निष्पक्षता र शान्ति–सुरक्षालाई कमजोर बनाउने नियतले भ्रामक भिडियो तयार पारी अपलोड तथा सेयर गर्नेहरूमाथि निगरानी बढाइएको थियो। सोही क्रममा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ। प्रहरीले अपुष्ट र भ्रामक सामग्री सेयर नगर्न अनुरोध गरेको छ। यस्ता गतिविधिले मतदातामा भ्रम सिर्जना गर्नुका साथै सामाजिक सद्भाव खल्बल्याउने खतरा रहेको प्रहरीले औंल्याएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App