तिहारको समयमा ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकललाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सवारी साधनको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही गरिएको हो। तिहारका बेला सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले विशेष चेकजाँच गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका २५ वटा मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १९:२६ सोमबार



