अपराध

१०९ केजी गाँजासहित दुईजना पक्राउ

प्रहरीले पर्साबाट १०९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार पथलैयाबाट बीरगञ्ज तर्फ आउँदै गरेको बा१९च ५७३८ न.को बोलेरो पिकअपबाट १०९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका चालक ३० वर्षीय को सुभाष थामी र सोही स्थानका २८ वर्षीय छत्र बहादुर थामी रहेका छन्।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाडीमा खनतलासि गर्दा गाडीको पछाडीको डब्बामा त्रिपालले छोपी प्लाष्टिकले बेरिएको ८ पोकामा १०९ केजी गाँजा बरामत गरेको हो।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०८३ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App