अपराध

जगतपुरबाट १९ किलो चरेस बरामद

फाइल तस्बिर

पर्सामा १९ किलो चरेस बरामद भएको छ । सशस्त्र प्रहरी बल पर्साले पोखरिया नगरपालिका ७ जगतपुरबाट १९ किलो लागु औषध चरेस बरामद गरेको हो ।

जगतपुर गाउँमा बाख्रा पाल्ने छाप्रोमा कालो झोलाभित्र लुकाइराखेको अवस्थामा सशस्त्र प्रहरी पर्साले चरेस बरामद गरेको हो । बीओपि प्रसौनभी भट्ठाका सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले १९ किलो १२६ ग्राम चरेस बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

चरेस लुकाउने मानिसको खोजी कार्य जारी रहेको छ । बाख्रा पाल्ने छाप्रोमा लाखौँ मूल्यको चरेस लुकाउने र चरेस ल्याउने स्रोतको खोजी भइरहेको जनाइएको छ ।  

बरामद भएको चरेसलाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइने सशस्त्र स्रोतको भनाइ छ । 

प्रकाशित: ६ आश्विन २०८२ १४:१२ सोमबार