अपराध

हतकडीसहित पक्राउ परे फरार कैदी

अदालतबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ । 

काठमाडौँ अदालतबाट भागेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ घर भएका २१ वर्षे निराजन ठकुरीलाई प्रहरीले गंगबुस्थित बिजी मलबाट पक्राउ गरेको हो । 

चोरी मुद्दाका आरोपित उनलाई प्रहरीले थुनछेक बहसका लागि अदालत लगेको थियो । 

ठकुरी अदालतको शौचालयबाट फरार भएका थिए। 

उनी हतकडीसहित बिजी मलबाट पक्राउ परेको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए । 

प्रकाशित: १५ असार २०८२ १८:०८ आइतबार

#Aaparadh #NeopalPolice #NagarikNews #NepaliNews