अपराध

एकैदिन १३ जना फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले एकै दिन १३ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएका छ । आदलतबाट दण्डसजाय भएर लामो समयदेखि बिभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले नियन्त्रणमा लिएको हो ।

बिशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध, बैंकिंग कसुर, जालसाजी, चोरी, सवारी ज्यान तथा अंगभंग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले लामो समयदेखि अदालतबाट दण्ड सजाय भएर फरार रहेकाहरुलाई नियन्त्रणमा लिएर सजाय भुक्तानका लागि जिल्ला अदालतमा बुझाईएको बताए ।

प्रकाशित: १० असार २०८२ १९:०४ मंगलबार

#nepalpolice #NagarikNews #Aaparadh #NepalSarkar