अपराध

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद भएको छ।  

गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।  

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो।

प्रकाशित: २३ वैशाख २०८३ १२:३० बुधबार