अपराध

अवैध काठसहित ३ जना पक्राउ

सुर्खेत प्रहरीले अवैध काठसहित ३ जनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरेको सालको काठसहित स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको हो ।  

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका–४ बिरेडाँडामा शंका लागि चेकजाँच गर्दा डबल क्याब गाडीबाट अवैध सालका काठका कडिहरू फेला पारेको हो ।

भेरीगंगा नगरपालिका–१३ बस्ने ३० वर्षीय कमल प्रसाद शर्माले चलाएको कर्णाली प्रदेश ०२००१ च ०५२८ नम्बरको गाडीबाट साल प्रजातिका ४ फिटे २९ वटा काठका कडिहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।  

उनकाअनुसार ती काठहरूको नापजाँच गर्दा जम्मा ९.४७ क्युफिट रहेको छ । प्रहरीले गाडि चालक कमलसहित अन्य दुई जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने भेरीगंगा–१३ बस्ने वर्ष ३३ का सहबिर गैरापिपल र वर्ष ४५ का विकास परियार रहेका छन् ।  

उनीहरूलाई अनुसन्धानपछि आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको प्रवक्ता बुढथापाले बताए ।

प्रकाशित: १८ जेष्ठ २०८२ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App