पक्राउ परेको झण्डै दुई महिनापछि तीनकुने घटनामा संलग्न प्रतिवादीसँग अदालतमा बयान लिन सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पक्राउ परेका दुर्गा प्रसाईंसहितका बन्दीहरुसँग बयान लिन थालिएको हो ।
राज्यविरुद्धको कसुरका प्रहरी नियन्त्रणमा रहेका ५० जनाको बयान र थुनछेक कार्कीको इजलासमा र भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा सुरु भएको हो ।
प्रकाशित: १२ जेष्ठ २०८२ १४:३९ सोमबार