पर्साको वीरगंज महानगरपालिका–२भगुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषाध बरामद गरेको छ । सशस्त्र प्रहरी टोलीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो ।
उक्त लागूऔषध सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदीको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथै सो लागूऔषध छाडी फरार भएका थिए ।
बरामद लागूऔषध आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । फरार कारोबारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ६ जेष्ठ २०८२ १८:१६ मंगलबार