तीनकुने घटनामा पक्राउ परेका ६ जना आइतबार सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।
गत चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरुले प्रहरी नियन्त्रणमा रहेरै परीक्षा लेखेका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार भद्रकालीस्थित प्रहरी परिसरमा रहेका उनीहरुले अन्य केही कैदीसहित परीक्षा दिन लगाइएको हो ।
परीक्षा दिनेमा सिरहाका दिनेश महतो, सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगात कुमार बिके, धादिङका सरोज थापा, नुवाकोटका साइमन घले र भारतका अमन सकिन रहेका छन्।
प्रकाशित: २१ वैशाख २०८२ १८:४४ आइतबार