मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २० वैशाख २०८२ १६:५७ शनिबार