अपराध

न्युन बीजक देखाउने मिनि ट्रकका चालक र सहचालक पक्राउ

कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर ४ मुरफुटवाबाट चामल ल्याईरहेको मिनि ट्रकसहित चालकलाई न्युन बीजक देखाएको आरोपमा पक्राउ गरिएकोे छ । प्रहरीले सीमा क्षेत्र सिबलवाबाट लबनीतर्फ आउँदै गरेको लु १ क ४३१६ नम्बरको मिनि ट्रकसहित चाकललाई नियन्त्रणमा लिएको हो ।   

२ सय बोरा चामलको ४ लाख ९५ हजारको बीजक देखाइएकोमा गाडीमा २ सय २९ बोरा चामल र १६ बोरा गहुँ समेत फेला परेको प्रहरी निरीक्षक माधव विश्वकर्माले  बताए । दुबैको मुल्य ६ लाख १२ हजार ५ सय देखाइएको र १ लाख १७ हजार रकम कर छली गरिएको उनले बताए ।  

पक्राउ परेको चालक सुद्धोदन गाउँपालिका वडा नम्बर ६ बराहाका अबदुल करिम मसुलमान र सहचालक लवकुश यादवसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।  

सिमा क्षेत्रमा भारतबाट तस्कारी गरी ल्याइएका चामल भित्राईने गरिन्छ । त्यही चामललाई बिल काटेर नेपालका बिभिन्न स्थानमा पठाइने गरिएको स्थानीय बताउछन् ।

प्रकाशित: २६ चैत्र २०८१ १९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App