अपराध

बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी, २५ वर्षीय युवक पक्राउ

बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ चैत्र २०८१ १३:३२ सोमबार