त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले तीन महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ ।
फ्लाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनले भने, “गएराति फ्लाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।”
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।
प्रकाशित: १५ फाल्गुन २०८१ १६:२१ बिहीबार