अपराध

१० वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

झापाको भद्रपुर नगरपालिका–९ खातेका २१ वर्षीय संजिव आचार्यलाई १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ।

प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी दर्ता भएपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको थियो।

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जानकारी दिएको छ। 

प्रकाशित: २५ माघ २०८१ २१:०८ शुक्रबार