अपराध

रविको फेरिएको बयान: चेकको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवार थिइनँ

पोखराको सूर्य दर्शन सहकारी छानबिनका क्रममा किस्ता तिर्न काटिएको चेकमा आफूले हस्ताक्षर नगरेको बयान दिएका रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीको बयानमा भने फरक भाषा प्रयोग गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले लिएको बयानमा रविले आफूले सहकारीको ऋण तृण काटिएको चेक पनि आफूले काटेको घुमाउरो शैलीमा स्वीकार गरेका छन् । जुन कुरा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेखित रविको बयानमा उल्लेख छ । 

‘उचित विश्वासका आधारमा समेत कैयौँ खाली चेकहरूमा हस्ताक्षर गर्ने अभ्यास थियो । कम्पनी स्थापनाकालमा रहेकाले भौतिक निर्माण, सामग्री खरिद, विभिन्न कम्पनीसँगको सम्झौता लगायतका क्रियाकलाप अत्यन्तै धेरै हुने हुँदा सोही अनुपातमा धेरै चेकहरू जारी भएका हुन्,’ रविले बयानमा भनेका छन्, ‘जसमा मेरो हस्ताक्षर धेरै भएको हुनुपर्छ । नयाँ कम्पनीहरूमा स्थापना कालमा बढी कारोबार हुनु सामान्य नै हो ।’ तर आफ्नो कार्यकालमा आफूबाट स्वर्णलक्ष्मी सहकारी लगायत कुनै पनि सहकारीबाट ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय नभएको उही कुरा भनेका छन् ।

रविले गोर्खा मिडियामा आफू चेकको हस्ताक्षरकर्ता भएको तर लगानी कर्ता वा वित्तीय जिम्मेवारीमा नरहेको दाबी गरेका छन् । 

रविको बयानको पूर्ण पाठ
 

प्रकाशित: २१ पुस २०८१ १८:१७ आइतबार

#Rabi Lamechhane