अपराध

पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासीका क्रममा आँपको बगैचाभित्र सो परिमाणको गाँजा बरामत गरेको हो।

घाँसमा लुकाइछिपाइ राखिएको १३ वटा पोकामा रहेको १४० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८३ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App