अपराध

लागूऔषधसहित १३ जना पक्राउ

सांकेतिक तस्बिर

देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी कक्षका अनुसार काठमाडौं, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ। रासस

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:५० बिहीबार