अपराध

भक्तपुरबाट थप १३ कैदीबन्दी पक्राउ

भागेका कैदी । फाइल तस्बिर

गएको भदौ २३ र २४ गतेको आन्दोलनमा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले बुधबार जनाए अनुसार उनीहरु सबैलाई सम्बन्धित कारागारमा पठाइएको छ ।  

आन्दोलनकै क्रममा आगजनी तथा लुटपाटमा संलग्न थप १ जनालाई पक्राउ गरेको जनाएको छ । परिसरका डिएपी प्रकाश जबेगूका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ बाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ९ घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ को घरको ठामा बस्ने बर्ष २२ को सुमन कार्कीलाई पक्राउ गरेको हो ।  

उनको घर कोठाको खानतलासी गर्दा १६ थान (जंगी राउन्ड) एसएलआरको गोली फेला परेको हुँदा कानून बमोजिम बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

 

प्रकाशित: १२ कार्तिक २०८२ १८:५८ बुधबार