अपराध

सुर्खेतमा ११ जना जुवाडे पक्राउ

सुर्खेत प्रहरीले जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेकाे छ। बिहीबार बेलुका साढे ६ बजेतिर वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

प्रहरी प्रवक्ता डिएसपी माेहनजंग बुढथापाका अनुसार घरधनी खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वरणषीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल पक्राउ परेका छन्।

उनीहरूकाे साथबाट ८ बुक ४३ पत्ती (खोलेको) तास र ५८ हजार ९४० रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: ३१ आश्विन २०८२ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App