भिडियो

प्रधानमन्त्री ओलीले श्रीमतीलाई भने– मैले बनावटी कुरा गरे सार्वजनिक मञ्चमै विरोध गर्नू

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमति राधिका शाक्यलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रथम राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमति शाक्यलाई आग्रह गरेका हुन्।

मञ्चमै बसेकी शाक्यतर्फ फर्कदै उनले मैले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताए । महिला हेला गर्ने विषय हुँदै होईन्’, प्रधानमन्त्री ओलीले भने ‘मेरो श्रीमति नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्न चाहान्छु। मैले बोलेका कुरामा फरक÷वनावटी छ भने हात उठाएर यो कुरा सही होइन् भन्ने अधिकार उनलाई छ।’

प्रधानमन्त्री ओलीले महिलाको उत्थानविना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्विकार गरिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। त्यस अवसरमा उनले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०८:५६ बिहीबार

केपी_शर्मा_ओली प्रथम_राष्ट्रिय_महिला_दिवस राधिका_शाक्य