भिडियो

जनताले खोजेको गणतन्त्र अझैं आएको छैन: बद्री पंगेनी

काठमाडौं- जनआन्दोलनको समयमा १९ दिन नै म सडकमा थिएँ। धेरै जसो गोगंबुमा रहे, कलंकी, त्यस्तै कहिले काहीँ हिडेर कीर्तिपुर पनि पुगिन्थ्यो, कहिलेकाहीँ चावाहिल तिर पनि पुगिन्थ्यो। गोगंबुमा चाहीँ हामीले प्राय गाउने गरेको गीत ‘शान्ती ल्याउँछ जनताकै बोलीले, विचार मार्न सक्दैन गोलीले...’ भन्ने थियो। आन्दोलनकारीहरु यही गीतमा नाच्दै स्वरमा स्वर मिलाउँथे। गीत संगीतले माहोल नै फरक बनाउँथ्यो।

जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ।

मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।
मुलुकमा गणतन्त्र घोषणा त भएको छ तर, गणतन्त्र शब्दमा होइन व्यवाहारमा आउनुपर्छ। गणतन्त्र गरिब जनताको जीवनमा परिवर्तन ल्याउने गरि आउनुपर्छ। जनताले अनुभुति गर्ने गरी आउनु पर्छ। गणतन्त्र ल्याउँदाको अनुभव गायक बद्री पंगेनीले भिडियोमा यसरी सुनाए:

प्रकाशित: १४ जेष्ठ २०७६ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App