भिडियो

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

काठमाडौं - काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। सोमबार संसदमा बोल्दै बादलले विप्लव समूहले जनसेनाको नाममा ४ वटा कम्पनी गठन गरेको बताएका हुन्।

‘अहिले मृत्यु भएको नागरिकको होइन,’ आम नागरिक मृत्यु नभएको भनी टिप्पणी गर्दै उनले भने, ‘विप्लवसम्वद्ध कार्यकर्ताको मृत्यु भएको हो र घाइते पनि उनीहरूकै भएका छन्। यसरी शान्ति र स्थायित्वलाई प्रभाव पार्ने ढंगको गतिविधिहरू उनीहरूले सञ्चालन गर्दै आइरहेका छन्।’

गृहमन्त्री थापाले बम बिस्फोटमा मृत्यु हुने नागरिक होइनन् भनेपछि सांसदहरुले बम बिस्फोटमा मृत्यु हुने नेपाली नागरिक नभए को हुन् भन्दै प्रश्न गरेका थिए। गृहमन्त्री थापा र सांसदबीचको जुहारी हेर्नुहोस भिडियोमा:

प्रकाशित: १३ जेष्ठ २०७६ १६:२९ सोमबार

गृहमन्त्री रामबहादुर_थापा_बादल विप्लव_समूह बम_विस्फोट