भिडियो

हरेक हिसाबले प्रभावित हुने प्रदेश २-मुख्यमन्त्री, लालबाबु रावत

काठमाडौं–  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा राख्न भनिएको छ ।

    आसन्न बर्खायाममा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बैठकले विपद्बाट उत्पन्न हुने परिस्थितिमा विभिन्न तहका सरकारले गर्नुपर्ने कामको अधिकारसम्बन्धी र राहतमा हुने दोहोरोपना हटाउनका लागि बेग्लै छाता ऐन ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    विपद्सम्बन्धी एकीकृत तथ्याङ्क र सूचना प्रणाली विकास गर्न र विकास निर्माणमा विपद् जोखिमलाई पूर्वमूल्याङ्कन गर्न बैठकले निर्देशन दिएको छ । यस्तै बैठकले विपद्मा मृत्यु भएकाहरुको शव व्यवस्थापन मार्गदर्शन संशोधनका लागि परिषद् मातहतको कार्यकारी समितिबाट ल्याइएको प्रस्ताव पारित गरेको छ । बैठकमा गृह मन्त्रालयले हालसम्म विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी र क्षतिको अवस्थाबारे प्रस्तुति दिएको थियो ।

प्रकाशित: २२ वैशाख २०७६ १३:०५ आइतबार

प्रदेश_२ लालबाबु_रावत प्रभावित