भिडियो

फलामे ढोका फोरेर एकता प्रक्रिया टुंगियाे: प्रचण्ड

काठमाडाैं – नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।

पार्टी घोषणा एकता प्रक्रिया सकिएपछि कम्युनिस्ट जे भन्छन् त्यो गर्छन भन्ने उदाहरण कायम भएको बताए। दाहालले एकता रोक्न बाह्य र आन्तरिक शक्तिहरु लागि परेको बताउँदै राम्रो र छिटो गर्छु भन्दाभन्दै गाँठो कसिएकाले अलिकति ढिला हुन पुगेको दाबी गरे। गुटगत स्वार्थ हेरेको भए एकता प्रकृया सम्भव नहुने उनको जिकिर थियो। 

दाहालले पार्टी एकताको विषयमा वोल्दै उनले ८ महिनामा ७७ जिल्ला र प्रवास कमिटीको अधिवेशन सक्ने बताउँदै १ वर्षमा महाधिवेशन गर्ने बताए।

उनले राष्ट्रमा नयाँ संस्कृतिक क्रान्ति चाहिएको भन्दै नयाँ सांस्कृतिक आन्दोलन भ्रष्टचारको विरुद्ध हुनुपर्नेमा जोड दिए। उनले
आन्दोलन, शहीद, बेपत्ता भएका प्रति इमानदार हुनुपर्ने बताए।

प्रकाशित: ९ वैशाख २०७६ ०८:५५ सोमबार

नेपालमा_कम्युनिस्ट_पार्टी नेकपा प्रचण्ड पुष्पकमल_दाहाल