भिडियो

नेपालमा दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार

भिडियो रिपोर्ट : बिश्वास खनाल

काठमाडौं – सूचना प्रविधि प्रयोगको बलियो माध्यम हो मोबाइल फोन सेवा। जसबाट पलपलको सूचना प्राप्त गर्न सकिन्छ। 

अहिले नेपालका हरेक व्यक्तिको हातमा लगभग मोबाइल फोन पुगिसकेको अवस्था छ। पछिल्लो समय यसको प्रयोगकर्ता झन् बढ्दै गएको देखिछ। प्रयोगसँगै यसकाब्रान्ड र स्वरूप पनि थपिएका छन्। नेपालमा मोबाइल फोनको बजार अवस्था कस्तो छ त ? कुल जनसंख्याको कति प्रतिशतले मोबाइल बोक्छन् ? यसै विषयमा आजको रिपोर्ट केन्द्रित छ।

पेट्रोलियम पदार्थ र फलामपछि बढी कारोबार हुनेमा मोबाइल फोन हो। नेपालमा ३ करोड ८९ लाख मोबाइल फोन सञ्चालनमा छन्। एक जनाको हातमा चारदेखि पाँच वटासम्म मोबाइल पर्छ। जुन लगभग १ सय ३२ प्रतिशत हुन आउँछ। जसमा ३५ प्रतिशत प्रयोगकर्ता काठमाडौँमा छन्। 

प्रतिव्यक्ति आम्दानी उल्लेख नभए पनि उपभोक्ताको मोबाइल फोन खरिदको आँकडा भने उलेख्य छ। दैनिक ७ देखि ८  हजार थानभन्दा बढी मोबाइल खपत हुने नेपाली बजारमा मोबाइलमा थप सुविधा खोज्ने ग्राहक पनि बढ्दै छन्। दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार हुने नेपालमा औसत १५ देखि २० हजार मूल्य पर्ने मोबाइल बढी बिक्ने ताम्राकार मोबाइल संघका अध्यक्ष जगत साउद बताउँछन्। 

दैनिक ७ देखि ८ हजार थानसम्म मोबाइल फोन नेपाली बजारमा बिक्छ। तिनमा पनि पछिल्लो समय प्रविधिमा आधारित, सामाजिक सञ्जालको सहज प्रयोग लगायतले मोबाइलमा ग्राहकको ध्यान गएको देखिन्छ।

प्रकाशित: ९ फाल्गुन २०७५ १३:३४ बिहीबार

नेपाल मोबाइल कारोबार