भिडियो

ट्राफिक एपको फन्दामा परिएला !

८ दिनमा लामो दूरीका ४५ बसमाथि कारबाही

काठमाडौं \ पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दुरीका बसहरूमा दुई जना सवारीचालक अनिवार्य राखे/नराखेको वा पालैपालो चलाए/नचलाएको अब ट्राफिक कम्युनिकेसन एप्सले अनुगमन गर्ने भएको छ। 
महानगरीय ट्राफिक महाशाखाले पाँच वटा नाकामा माघ २८ गतेदेखि यस्तो एप्स सञ्चालनमा ल्याएको छ। राजमार्ग तथा ट्राफिक सुरक्षा निर्देशनालयले निकालेको यो एप्लिकसनद्वारा ड्राइभरको फोटो र बस नम्बर खिचेर अर्को ट्राफिक चेकपोस्टमा एप्सद्वारा पठाउँछ । प्रत्येक २ सय ५० किलोमिटरको दूरीमा ड्राइभर परिवर्तन भएको छ/छैन सो एप्सद्वारा खिचिएको तस्बिरबाट पृष्टि गर्ने काम ट्राफिक प्रहरीले गर्छ। माघ २८ गतेदेखि आठ दिनको अन्तरालमा पूर्वपश्चिम राजमार्गमा चल्ने ४५ वटा लामो दूरीका बस कारबाहीमा परेका छन्। जसमा पूर्वतिर जानेभन्दा पश्चिम रुटमा चल्ने बढी भएका महानगरीय ट्राफिक प्रभाग नागढुंगाले जानकारी दिएको छ। 
यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखी पालैपालो सवारी नचलाए यातायात व्यवस्था कार्यालयद्वारा तोकिएको २०० देखि एक हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।  बाँकी भिडियोमा ...
दृष्यः देबु राजवंशी

प्रकाशित: ६ फाल्गुन २०७५ १२:५३ सोमबार

ट्राफिक_प्रहरी पूर्वपश्चिम नागढुङ्गा