खेल

प्रदेशको भत्ताले र्याकेटको तार पनि आउँदैन

‘प्रदेश खेलकुद परिषदले दिएको भत्ताले र्याकेटको तार(स्ट्रिङ) पनि आउँदैन्। तार चुँडेपछि बनाउन पनि नपुग्ने भत्ता लिएर प्रदेशको लागि खेल्नुपर्ने बाध्यता छ।’ टेनिस खेलाडी प्रदीप खड्काले भने–‘भत्ता भन्दा पनि प्रदेशको नामको लागि खेल्दै छौं।’ उनी टेनिसका नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन्। र्याकेटको तार फेर्न एक हजार २ सय भन्दा बढी लाग्छ।  

उनले खेलाडीलाई दिईने सुविधामा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उल्लेख गरे। खेलाडी विना खेलकुद निकायको अर्थ हुदैन्। तर खेलाडीलाई सेवा सुविधा दिने तर्फ सरोकार निकाय मौन रहेको छ। भत्ताले र्याकेटको तार चुँड्दा बनाउन नपुग्ने भत्तामै खेलाडी रमाउनुपर्ने बाध्यता छ। आफैं सामानले प्रतियोतिगा खेल्नुपर्छ। सामान समेत दिईएको छैन्।  

प्रतियोगिता नजिकिदैं गर्दा नियमित प्रशिक्षणमा छन्। निरज थापाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीहरुलाई प्रशिक्षण दिईरहेका छन्। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस पोखरामै आयोजना गरिएको थियो। टेनिस प्रतियोगिताको लागि कास्की जिल्ला टेनिस संघले चार वटा कोर्टलाई मर्मत सम्भार शुरु गरेको छ। लगभग मर्मत सम्भार सकिएको छ। सुर्की हालेर रोलरले पेल्ने काम भईसकेको छ।  

‘पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा कोर्ट मर्मत गर्न समेत चासो दिएनन्। आयोजक राखेप हुदाँ मर्मत पनि राखेपले नै गर्छ। संघलाई जिम्मेवारी पनि नदिने। आफुले पनि नगर्ने। बजेट पनि नदिने प्रवृत्तिले समस्या बनाईदियो।’ संघका अध्यक्ष लोकबहादुर गुरुङले भने–‘उपभोत्ता समिति गठन गरेर काम गर्यौं। बजेट कहिले आउँछ थाहा छैन्।’ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राखेपले नै चासो दिनुपर्ने भन्दै हामी आफैं कोर्ट मर्मत गर्न तयार रहदाँ बजेट दिन आनाकानी गरेको उनको गुनासो थियो।

प्रकाशित: १७ आश्विन २०७९ १३:५३ सोमबार

प्रदेश खेलकुद परिषद