खेल

टुसालमा ली निङको आउटलेट

खेल पोसाक र सामग्री बिक्री गर्दै आएको ली निङको काठमाडौंमा तेस्रो आउटलेट बौद्धस्थित टुसालमा सञ्चालनमा आएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले आइतबार बौद्धको टुसालमा रहेको चर्चित स्पोर्ट्स वेयर ली निङको आउटलेटको उद्घाटन गरेका थिए। सो अवसरमा राखेपकै बोर्ड सदस्य अञ्जन धमला, सुनापति गाउँपालिका–३ का पूर्ववडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपुत मोक्तानलगायत खेलकर्मी उपस्थित थिए।

उक्त आउटलेट काठमाडौं महानगरपालिका वडा–३ स्थित बौद्धको टुसालमा छ।

सो अवसरमा राखेप उपाध्यक्ष कोइरालाले खेलकुदका पोसाक र खेलसामग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्रप्रति मानिसहरूको चासो र सहभागिता पनि बढेको आशा गर्न सकिने बताए। साथै उनले युवाहरू खेल पोसाक र खेल सामग्रीको व्यवसायमा अग्रसर हुनुले खेलप्रति आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरे। उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो।

उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुट्टै उत्साह र खुसी मिलेको धारणा राखे। सञ्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बास्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोसाक पाइने जानकारी दिए। ली निङले गत महिना नेपाली बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो। 

प्रकाशित: ३ आश्विन २०७९ ०१:११ सोमबार

टुसालमा ली निङको आउटलेट खेल पोसाक र सामग्री बिक्री