खेल

आर्मीलाई प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि

प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ नेपाल आर्मीले जितेको छ। नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गरेको थियो।  

पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्यो। आर्मीले तेश्रोमा २०(१३ र चौथोमा २२(१८ को प्रदर्शन गर्यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

आर्मीका आयुश सिंह  ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका छन्। उनले ५ हजार रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका हुन्।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरेका हुन्। साताव्यापी प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी थिए।

प्रकाशित: ५ भाद्र २०७९ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App