खेल

१९ वर्षमुनिको महिला टी-२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायो।

नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन्। यस्तै साना प्रभीनले १२ रन जोडिन्। बलिङतर्फ भुटानकी साङ्गे ए वाङ्मोले तीन विकेट लिएकी थिईन्। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भुटानले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो।

 नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो चौथो खेलमा भोलि मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ। 

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेको १९ वर्षमुनिको महिला टी–२० विश्व कप खेल्न पाउनेछ। हालसम्मको प्रतियोगितामा समान तीनरतीन खेल जित्दै यूएई शीर्ष स्थानमा छ भने थाइल्यान्ड दोस्रो स्थानमा र नेपाल भने तेस्रो स्थानमा छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०८:४७ सोमबार