खेल

‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’आजबाट हुँदै

सुर्य नेपाल गल्फ टुर २०२१/०२२ सिजनको चौथो प्रतियोगिता ‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’ आजबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ।

चैत २६ गतेसम्म हुने प्रतियोगितामा १६ व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। २०१९/०२० सिजनमा गरेको प्रदर्शनका आधरमा खेलाडी छनोट गरिएको हो। प्रतियोगिता १८ होलमा खेलाइने छ भने फाइनल खेल ३६ होलमा हुनेछ।

प्रतियोगिताको पहिलो दिन आठ खेल हुने छन्। चार क्वार्टर फाइनल र सेमिफाइनलका दुई खेल दोस्रो दिन चैत २५ गते हुनेछ। अन्तिम दिन तेस्रो स्थान र उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेसनल गल्फ र संघले जनाएको छ।

शीर्ष वरीयाताका भुवन नगरकोटीले १८ औं वरीयाताका सचिन भट्टराईसँग प्रतिस्पर्धा गर्ने छन्। दोस्रो वरीयाताका शिबराम श्रेष्ठ र १४ औं वरीयाताका दीपक आचार्य प्रतियोगितामा सहभागी हुने छैनन्। त्यस कारण तेस्रो वरीयाताका विकाश अधिकारीले १७ औं वरीयाताका शिबकुमार माझीसँग प्रतिस्पर्धा गर्ने छन्। चौथो वरीयाताका सञ्जय लामाले १६ औं वरीयाताका रामकृष्ण श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन्। पाँचौं वरीयाताका धन थापाले १५ औं वरीयाताका बलभद्र राईसँग प्रतिस्पर्धा गर्ने छन्।

छैटौं वरीयाताका रामे मगरले १३ औं वरीयाताका भुवनकुमार रोकासँग प्रतिस्पर्धा गर्ने छन्। सातौं वरीयाताका जयराम श्रेष्ठले १२ औं वरीयाताका कृष्णमान राजबहाकसँग प्रतिस्पर्धा गर्ने छन्। आठौं वरीयाताका रबी खड्काले ११ औं वरीयाताका दीपक मगरसँगर नवौं वरीयाताका दीनेश प्रजापतीले दशौं वरीयाताका सुर्यप्रसाद शर्मासँग प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २२ हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन्। चौथो स्थान हासिल गर्नेले १८ हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन्। क्वार्टर फाइनल खेल्ने सबैले जनही १० हजार र पहिलो चरणमा प्रतिस्पर्धा गर्नेले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन्।

प्रकाशित: २४ फाल्गुन २०७८ ०७:१० मंगलबार