खेल

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।  

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपको शनिबार दोस्रो खेलमा जित निकाल्दै राईजिङले २ अंक जोडेको छ। टस जितेर व्याटिङ शुरु गरेको माछापुच्छ«ेले अभिषेक थापाको २७ रनको इनिङ्समा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो। ऋतिक थापा मगरले १८ रन बनाउँदा पुजन शर्माले १५ रनको योगदान रह्यो। राईजिङका कप्तान अमृत गुरुङले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिँदा विशाल रिमालले ३–०–७–२ को किफायति बलिङ देखाए।  

जवाफी व्याटिङ गरेको राईजिङले आठ विकेटको क्षतिमा तीन बल बाँकी हुदाँ १२८ रनको लक्ष्य पछ्यायो। कप्तान अमृत गुरुङले २७ रनको महत्वपूर्ण ठोस इनिङ खेलेपछि खेल आफनो पक्षमा पार्यो। कृष्ण पौडेलले अविजित २० रन जोडेपछि जित पक्का बनायो। निर्मल क्षत्रीले १७, विमल विक्रम खत्रीले १६ रनको योगदान दिए। विमल र कृष्णले पाँचौ विकेटको लागि ४८ रनको साझेदारी निभाउँदै जित उन्मुख बनाएका थिए।  

बलिङ तर्फ अभिषेक थापाले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । प्रवीण ढकालले २ ओभरले १६ रन दिएर २ विकेट लिएका थिए। २ विकेट २७ रन लिएका राईजिङका अमृत गुरुङ खेलको प्लेयर अफ दि म्याच घोषित भए। कास्की क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब बीचको खेल अंक बाँडियो। मैदान र पीचको अवस्था अनुसार अम्पायरले २० ओभरबाट खेल १० ओभरमा घटाएका थिए। ओभर घटाईएको खेल खेल्न दुवै क्लबले अस्वीकार गरे। दुवै क्लबले खेल्न अस्वीकार गरेपछि अम्पायरको निर्णय अनुसार क्रिकेट संघले दुवैलाई एक–एक अंक प्राप्त गरेको जानकारी गरायो। 

प्रकाशित: १५ फाल्गुन २०७८ ०७:१९ आइतबार

शनिबारीय टी–२० क्रिकेट लिग