खेल

मदरल्यान्डलाई भक्तपुर कप

आत्मघाती गोल भएपछि भक्तपुरमा भएको दोस्रो अन्तरविद्यालय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्यान्ड स्कुल बाचामारी भक्तपुरले चुम्न सफल भएको छ। पहिलो हाफमै आत्माघाती गोल भएपछि फुटबलको उपाधि मदरल्यान्डको पोल्टामा परेको हो।

आयोजक स्प्रिङ्डेल इङ्लिस बोर्डिङ स्कुल लिवाली भक्तपुरलाई हराउँंदै मदरल्यान्ड प्रतियोगितामा पहिलो भएको हो। भक्तपुर एफसी ११ र स्प्रिङ्डेल इङ्लिस बोर्डिङ स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोग गरेको थियो।

प्रकाशित: १४ पुस २०७८ ०३:२८ बुधबार

भक्तपुर कप मदरल्यान्ड स्कुल बाचामारी भक्तपुर स्प्रिङ्डेल इङ्लिस बोर्डिङ स्कुल लिवाली भक्तपुर