खेल

अक्सब्रिज अन्तिम चारमा

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार अन्तिम चारमा प्रवेश गरेको छ।

महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित गरयो। अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे। प्लस टुतर्फ नै टाइम्स, नवोदित र टिम रुकिज पनि आआफ्नो खेल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल रहे।

टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो। टाइम्सका पेम्बा शेर्पाले आठ अंक जोडे। नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले हरायो। अन्तिम चारमा अक्सब्रिजले टाइम्स तथा नवोदितले रुकिजविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको प्याब्सनका उपमहासचिव आरबी कट्वाल र अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डेले निर्णायक दुर्गा थापालाई बल हस्तान्तरण गर्दै संयुक्त रूपमा उद्घाटन गरे।

सोमबार बेचलर्सतर्फ खेल हुने प्रतियोगिता संयोजक विमल कार्कीले जानकारी दिए। प्लस टु र बेचलर्सतर्फ समान २० टोली सहभागी छन्। मंगलबार फाइनल हुनेछ।

प्रकाशित: ५ पुस २०७८ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App