खेल

मकाउ बडिबिल्डिङमा नेपाललाई चार पदक

नेपालले मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा एक स्वर्णसहित चार पदक जितेको छ।

शनिबार  राति मकाउमा सम्पन्न च्याम्पियनसिपमा महेश श्रेष्ठको स्वर्णसहित नेपालले कुल चार  पदक जितेको हो। नेपालका लागि बलु खड्का, सफल गुरुङ र  प्रकाश अधिकारीले कांस्य पदक जिते। पुरुष ७० केजी तौल समूहको बडिबिल्डिङमा महेशले चीनका प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै स्वर्ण जितेका हुन्।

चीनका साम चुई रजत तथा नेपालकै प्रकाश अधिकारी कांस्य जित्न सफल भए। नेपालकै सफल गुरुङ भने चौथो स्थानमा खुम्चिए। उक्त स्पर्धामा विभिन्न देशका कुल १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु  खड्काले कांस्य जिते। उनको यो ‘डेब्यु’ अन्तर्रष्ट्रिय प्रतियोगिता पनि हो। यद्यपि, बलु पदकविहीन भने भएनन्।

कुल १३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ ची मेङ पहिलो र फिलिपिन्सका म्यानुएल पेड्रो दोस्रो भए। मकाउका मारियो गोमेज भने चौथो स्थानमा खुम्चिए। प्रतियोगितामा कुल एक सय दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २८ मंसिर २०७८ ०३:१० मंगलबार

पुरुष ७० केजी तौल समूह चीनका साम चुई रजत मकाउ बडिबिल्डिङ