खेल

गजुरीलाई धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिताको उपाधि

प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि गजुरी सामुदायिक समाज विकास टिमले जितेको छ। बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै १ लाख सहित उपाधि जितेको हो। उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङका रोजेको गजुरीले २० ओभरमा १ सय १० रनमा अल आउट भएको थियो। गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौका सहित सर्वाधिक २८ रनको योगदान दिए। त्रिपुरासुन्दरीका मध्य गतिका बलर अनिल अधिकारी ४ ओभरमा १७ खर्चेर २ विकेट लिए। श्रीकृष्ण र उदय थापाले भने सम्मान १९१ विकेट लिए। जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। त्रिपुरा सुन्दरीका उदय थापाले २५ बलमा २१ रन बनाए।

गजुरीका मध्य गतिका बलर सानु घले ४ ओभरमा ९ रन खर्चेर घातक बलिङ गर्दै ३ विकेट लिएपछि गजुरी च्याम्पियन बनेको थियो। खेलको प्लेयर अफ द म्याच पनि घले चुनिए। प्रदीप गिरी र सक्षम खरेलले सम्मान २९२ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा भए। फाइनलमा पुर्याउन अमृतले ५ खेलमा २ सय ३७ रन बनाएका थिए।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर गजुरीका उज्वल थापा घोषित भए। गजुरीलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। गजुरीकै गजुरीका सक्षम खरेलले युवा उदीयमान खेलाडी घोषित भए। उनले प्रतियोगितामा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए। प्रतियोगितामा जिल्लाका १४ टिमको सहभागिता थियो। धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक जिल्ला स्तरिय प्रतियोतियोगिता आयोजना भएको थियो।

प्रकाशित: १८ कार्तिक २०७८ १४:०९ बिहीबार