खेल

तेक्वान्दो खेलको तालिम सम्पन्न

खेलप्रति अभिरुची जगाउनका लागि मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएपफ तेक्वान्दो खेलको ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ।  

खेलकुदका माध्यमबाट स्वास्थ्य समाज निर्माण हुने भएकाले खेलप्रति अभिरुची जाउने उद्देश्यले कानेपोखरी–६ मा कानेपोखरी आइटिएफ तेक्वान्दो समितिले ३ दिने आधारभूत तालिम आयोजना गरेको जनाएको छ। समितिका अध्यक्ष युवराज भुजेलले ३ दिनसम्म आयोजना गरेको तालिममा ६१ जनाको सहभागिता रहेको बताए। असोजको अन्तिम साता प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने आयोजना रहेको बताएका भुजेलले भने, ‘ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्ने हाम्रो मुख्य लक्ष्य हो। त्यही भएर खेलकुदका कार्यक्रमहरू सक्रिय बनाउने योजना रहेको छ।’

नेपाल राष्ट्रिय मार्सलआट गेम्म महासंघका केन्द्रीय अध्यक्ष तथा आइटिएफ तेक्वान्दो प्रदेश १ का अध्यक्ष प्रवीण कार्की, केन्द्रीय सदस्य चर्तुरलाल चौधरी, प्रदेश महासचिव नवीन तामाङले प्रशिक्षण दिएका थिए।  

तालिमको समापन कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिका– ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागी परेको बताए। आइटिएफ तेक्वान्दो प्रदेशका अध्यक्ष कार्कीले खेलकुद क्षेत्रको विकास गर्न ३ तहको सरकार जिम्मेवार बन्नुपर्ने र राज्यले खेलकुदलाई उच्च प्राथामिकतामा राख्दै बजेट विनायोजन गर्नुपर्छ। 

नयाँ खेलाडी उत्पादन आइटिएफ तेक्वान्दो खेलप्रति रुची बढाउन ग्रामिण बस्तीमा खेल विस्तार गर्न आफू लागी परेको कार्कीले बताए।

प्रकाशित: २० असार २०७८ १४:२२ आइतबार

तेक्वान्दो खेलाडी