खेल

एपिएफ च्याम्पियन

सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट च्याम्पियनसिपको उपाधि उचालेको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सम्पन्न फाइनलमा १ सय ७रनको लक्ष्य एपिएफले मात्र दुई विकेटको क्षतिमा २२ बलअगावै पूरा गर्दै अपराजितरहेर उपाधि उचालेको हो। यससँगै गत प्रधानमन्त्री कपको फाइनलमा प्रदेश–१ सँग स्तब्ध हुँदै उपाधिविहीन बनेको एपिएफले यस पटक भने सफलता हात पा¥यो। च्याम्पियन एपिएफले तीन लाख रूपैयाँ प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रूपैयाँमा चित्त बुझायो। एपिएफका ओपनर जोडी कप्तान सीतारानामगरर ज्योति पाण्डेले ६९रनको साझेदारी गर्दै जितको बलियो आधार तय गरेका थिए। यी दुवै ओपनररनआउटको सिकार भए।

फाइनल अफ दी म्याच ज्योति ३८ बलमा पाँच चौकासहित ३६रनर सीता ३२ बलमा चार चौकासहित २७रनमा आउट भए। त्यसपछि इन्दु बर्मार ममता चौधरीले तेस्रो विकेटका लागि अविजित २८रनको साझेदारी गर्दै एपिएफलाई सहज जित दिलाए। कविता जोशीको बलमा इन्दुले चौका प्रहार गरेसँगै एपिएफको टोली उपाधि उत्सवका लागि मैदान प्रवेश गरेको थियो। यस क्रममा २१ बल खेलेकी इन्दुले दुई चौकासहित १९रन बनाइन्। ममताको १५रनको इनिङमा दुई चौका सामेल थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले आक्रामक ब्याटिङको छवि भएकी डली भट्टलाई ओपनिङ पठाए पनि सफलता पाउन सकेन।

रेवती धामीसँग उनको ओपनिङ साझेदारी तेस्रो ओभरको अन्तिम बलमा टुट्दा सुदूरले १४रन मात्र बटुलेको थियो।रेवती १०रनमारेखारावलद्वारा आउट भइन्। डली पनि १४रनमै पवेलियन फर्किइन्। यद्यपि, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी बिन्दुरावलले इनिङ समालिन्। ५४ बल खेलेकी विन्दु चार चौकासहित ४४रनमा नटआउटरहिन्। त्यस्तै चौथो नम्बरमा ब्याटिङ गर्न आएकी कविता कँुवरले १५ बलमा दुई चौकाको मद्दतमा १३रन जोड्दै विन्दुलाई केही समय साथ दिइन्। त्यसपछि कुनै पनि खेलाडीले दोहोरो अंकमारन बटुल्न नसक्दा सुदूरले ठूलो स्कोर बनाउन सकेन। एपिएफकीरेखारावलले चार ओभरमा एक मेडनसहित एक विकेट लिँदा १५रन मात्र खर्चिन्।

त्यस्तै एपिएफका करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीतारानामगरर बिनु बुढामगरले थप १÷१ विकेट लिए। एपिएफलाई उपाधि दिलाउन अलराउन्ड प्रदर्शन गरेकी कप्तान सीता सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा २५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरिन्। उनले पाँच खेलमध्ये चार इनिङमा १ सय २३रन बटुल्दा पाँच विकेटसमेत लिएकी थिइन्। चार खेलमा सर्वाधिक १ सय ६१रन बटुलेकी प्रदेश–१ की कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट ब्याटर घोषित भइन्। एपिएफकी बिनु बुढामगरले पाँच खेलमा १० विकेट लिइन्। रुविनार बिनुले समान १५ हजार रूपैयाँ पाए।

प्रकाशित: २९ चैत्र २०७७ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App