खेल

नाडालको उपाधियात्रा जारी

 (एएफपी)– डिफेन्डिङ च्याम्पियन राफाइल नाडालले १३औं पटक फ्रेन्च ओपनको उपाधि उचाल्ने यात्रा जारी राख्दा बुधबार अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डलाई पराजित गरेका छन्।

यस प्रतियोगितामा ९५औं जित दर्ता गर्दै विश्व नम्बर दुईका नाडालले आगामी चरणमा जापानका किई निसिकोरी वा इटालीका स्टेफानो ट्राभाग्लियासँग प्रतिस्पर्धा गर्नेछन्। उनले दोस्रो चरणमा अमेरिकाका म्याकडोनाल्डलाई ६–१, ६–० र ६–३ ले सहजै पराजित गरेका थिए। यसअघि स्विट्जरल्यान्डका स्टान वावरिन्काले पनि जर्मनीका डोमिनिक कोइफरलाई ६–३, ६–२, ३–६ र ६–१ ले हराउँदै तेस्रो चरणमा स्थान बनाइसकेका छन्। उनले तेस्रो चरणमा फ्रान्सको ह्युगो गास्टोनसँग प्रतिस्पर्धा गर्नेछन्।  

यसअघि मंगलबार विश्व नम्बर नोभाक जोकोभिचले पनि फ्रेन्च ओपनमा आफ्नो पहिलो जित दर्ता गरेका थिए। युएस ओपनमा लाइन जजलाई बललाई हानेपछि डिसक्वालिफायड भएका जोकोभिचले फ्रेन्च ओपनको पहिलो चरणमा स्विडेनका मिकाइल एमेरलाई ६–०, ६–२ र ६–३ ले सहजै हराए। उनले दोस्रो दोस्रो चरणमा लुथिनियाका रिकार्डस बेरान्किससँग खेल्नेछन्। 

प्रकाशित: १५ आश्विन २०७७ ०१:०० बिहीबार

राफाइल नाडाल फ्रेन्च ओपन