खेल

सन्दीपको टोली विजयी

सेन्ट लुसिया जुक्सविरुद्ध अपलि गर्दै जमैका तलावाजका सन्दीप लामिछाने। तस्बिर: सिपिएल

सन्दीप लामिछानेले एक विकेट लिएको खेलमा उनको टोली जमैका तलावाजले बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी सुरुआत गरेको छ।  

सन्दीपले चार ओभरमा २३ रन खर्चिंदै एक विकेट लिएको खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्समाथि पाँच विकेटको जित निकाल्दै यस सिजनको सिपिएलमा सुखद सुरुआत गरेको हो। तलावाजका लागि सबैभन्दा किफायती बलर साबित भएका सन्दीपले आफ्नो अन्तिम ओभरको दोस्रो बलमा विकेट लिएका थिए। सन्दीपले नजिबुल्लाह जाद्रानलाई २५ रनमा क्याच गराउँदै रोस्टन चेजसँगको ५२ रनको साझेदारी तोडेका थिए।  

म्यान अफ दी म्याच आसिफ अलीले अविजित ४७ रनको योगदान गर्दा सन्दीपको टोली तलावाजले १ सय ५९ रनको लक्ष्य सात बल बाँकी छँदा नै पूरा गरेको थियो। कार्लोस ब्राथवेटले ९ बलमा अविजित १९ रन बनाउँदै आसिफलाई साथ दिएका थिए। तलावाजले निकै खराब सुरुआत गर्दा ४.१ ओभरमा दुई विकेट गुमाउँदै १३ रन मात्र जोडेको थियो। यद्यपि, ग्लेन फिलिप्स र कप्तान रोभमन पोवेलले ६३ रनको साझेदारी गर्दै तलावाजको संकट टारेका थिए। पोवेल २६ रन र फिलिप्स ४४ रनमा लगातार आउट भए।

सन्दीपले चार ओभरमा २३ रन खर्चिंदै एक विकेट लिएको खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्समाथि पाँच विकेटको जित निकाल्दै यस सिजनको सिपिएलमा सुखद सुरुआत गरेको हो।

त्यसपछि आएका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल १६ रनमा आउट भए पनि आसिफ र ब्राथवेटले इनिङ सम्हाल्दै जित दिलाए। लुसिया जुक्सको बलिङमा केसरिक विलियम्सले दुई विकेट लिँदा स्कट कुजेलेइन, ओबेड म्याक कोए र रहकिम कर्नलले १÷१ विकेट लिए पनि सन्दीपको टोली तलावाजको जित रोक्न सकेनन्। त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो।  

उसका लागि चेजले ४२ बलमा ४ चौका र दुई छक्कासहित ५२ रनको अर्धशतकीय योगदान दिए। चेज अन्तिम ओभरको तेस्रो बलमा मुजिब उर रहमानद्वारा क्याच भए। आन्दे्र फ्लेचरले २२ रन र जाद्रानले २५ रनबाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय योगदान दिन नसक्दा लुसिया जुक्सले २० ओभरमा ७ विकेट गुमाउँदै मध्यम स्कोर खडा गरेको थियो, जुन तलावाजले सहजै पूरा ग¥यो। तलावाजका लागि मजिब र भिरासामी परमलले दुई विकेट लिँदा रसेल र लामिछानेले १÷१ विकेट लिए। जमैकाले शुक्रबार बिहान ट्रिनबेगो नाइट राइडर्सविरुद्ध खेल्नेछ।  

प्रकाशित: ५ भाद्र २०७७ ०४:०९ शुक्रबार

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग