खेल

‘अनियमितता लुकाउन विघाटन’

विघटित एन्फा भक्तपुरका अध्यक्ष गौतम सुजखू । तस्बिर : नागरिक

अखिल नेपाल फुटवल संघ (एन्फा) भक्तपुर कार्यसमितिले केन्द्रको अनियमितता भ्रष्टाचारको कुरा उठाउँंदा प्रतिशोध लिएर जिल्ला कार्यसमितिलाई विघटन गरेको दावी गरेको छ। बुधबार नागरिकसँंग कुराकानी गर्दै विघटित संघका अध्यक्ष गौतम सुखजुले राजनीतिक प्रतिशोध साध्न आफ्नो अध्यक्षतामा रहेको भक्तपुर कार्यसमितिलाई एन्फा केन्द्रले विघटन गरेको दावी गरे।  

एन्फा केन्द्रमा भएको अनियमितता भ्रष्टाचारलाई यही हप्ता हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगतमा मुद्धा गरेका थियौं, विघटित अध्यक्ष सुजखूले नागरिकसंग भने, ‘त्यही प्रतिसोध साँधेर मेरो अध्यक्षतामा रहेको एन्फा भक्तपुरलाई विघटन गरेको हो। एन्फाका विविध अनियमितता भ्रष्टाचारलाई लिएर हामीले अख्तियारमा मुद्धा दर्ता गरेका छौं।’  

यसअघि पनि एन्फा भक्तपुरले खेलकुद मन्त्रालयमा भ्रष्टाचारको विषयमा उजुरी दर्ता गराएको थियो। ‘तर त्यसको छानविनमा खेलकुद मन्त्रीले आफ्नै मान्छे संयोजक राखी छानविन गराए र भ्रष्टाचारीलाई उन्मुख गराए’, विघटित अध्यक्ष सुजखूले जनाए । एन्फा केन्द्रले २०७४ माघ २ गते भएको एन्फा भक्तपुरको चौथौ अधिवेशनलाई पनि अवैध भनेको थियो। ‘त्यहीबेलाको म जितेको अधिवेशनलाई पनि एन्फा केन्द्रले अहिले आएर अवैध भनियो, सुजखूले थपे, जब कि त्यो बेला एन्फा केन्द्रले चार जना केन्द्रिय प्रतिनिधि पठाएर चुनाव गराएको थियो ।’  

त्यो बेला एन्फा भक्तपुरको चुनावी अधिवेशनका लागि एन्फा केन्द्रले सञ्जीव मिश्र, रमेश रायमाझी, सुजीव केसी र सुदर्शन देवकोटालाई केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको थियो ।  मंगलबारको एन्फा केन्द्रको बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटीसमेत गठन गरेको थियो ।

छानबिन समितिको प्रतिवेदनको आधारअनुसार विधान र नियमावली विपरीत कार्य गरेकाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटी गठन गरिएको एन्फाले जनाएको थियो। एन्फा विधानको धारा ५४ अनुसार जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति भंग गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कमिटी गठन गरिएको एन्फाले उल्लेख गरिएको छ । 

प्रकाशित: ३ असार २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App