खेल

सेना दिवसमा फुटबल

कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघका खेलाडीहरु खेल्दै ।

रोल्पा- महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर खड्ग दल गण रोल्पाले मैत्रिपूर्ण रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने खेलमा चार टिमले सहभागिता जनाएका थिए। नेपाली सेना, नेपाल प्रहरी/सशस्त्र प्रहरी, कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको खड्ग दल गणले जनाएको छ।

पहिलो दिन भएको पहिलो खेलमा उद्योग वाणिज्य संघको टिमले कर्मचारी मिलन केन्द्रको टिमलाई ३–० ले पराजित गरेको थियो। त्यसैगरि दास्रो खेलमा नेपाली सेना र नेपाल प्रहरी/सशस्त्र प्रहरी २–२ गोल बराबरी भएपछि टाईब्रेरकरमा नेपाली सेनाको टिमले जितेको थियो।

शनिबार बिहान भएको अन्तिम खेलमा ४–२ को गोल अन्तरले उद्योग वाणिज्य संघको टिमले नेपाली सेनालाई हराएको थियो। मैत्रिपूर्ण रनिङ सिल्ड फुटबल प्रतियोगिताका विजयी खेलाडीलाई सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो।

 

प्रकाशित: १० फाल्गुन २०७६ १०:३७ शनिबार

सेना_दिवस फुटबल