खेल

लिभरपुललाई १९ अंकको अग्रता

लन्डन – प्रिमियर लिगमा लिभरपुलले बुधबार वेस्ट ह्याममाथि २–० को जित निकाल्दा १९ अंकको अग्रता बनाएको छ। वेस्ट ह्यामको घरेलु मैदान लन्डन स्टेडियममा भएको प्रतिस्पर्धामा लिभरपुलले अपराजित यात्रालाई निरन्तरता दिए पनि प्रशिक्षक योर्गान क्लोपले उत्साहित नभएको प्रतिक्रिया दिए।

उपाधिनजिक पुगेको लिभरपुललाई जित दिलाउन मोहम्मद सालाहले पेनाल्टीमार्फत गरेको गोलमा लिभरपुलले ३५औं मिनेटमा अग्रता लिएको थियो। सुरुआतबाटै घरेलु टोलीलाई दबाबमा राखेकोे लिभरपुलका लागि ५२औं मिनेटमा एलेक्स अक्सलेडले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। बुधबारको जितसँगै लिभरपुलले जारी सिजनको २४ मध्ये २३औं खेलमा जित निकाल्न सफल भएको हो। लिभरपुलको यो लगातार १५औं जित हो। जितसँगै लिभरपुल १९९० पछि पहिलो पटक लिगको उपाधिनजिक पुगेको छ।

७० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ। ४८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ।

‘स्पष्ट अंक जोड्न सफल भएकोमा म खुसी छु,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘हामी लयमा छौं। सामान्य प्रदर्शन गरेर जित निक्लेको छ। हाम्रोे लक्ष्य धेरैभन्दा धेरै अंक बटुल्ने हो। अझ धेरै खेल खेल्न बाँकी छन् ।’हामीले लिगमा ७० अंक पु-याएका छौं। अपत्यारिलो अंक हो । हामी कीर्तिमानतिर छौं। अझै आगामी खेलमा राम्रो गर्दै अगाडि बढ्ने हो। शनिबार साउथह्याम्पटनका लागि तयार हुनु छ,’ लिभरपुलका प्रशिक्षक क्लोपले थपे। ७० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ।

४८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ। वेस्ट ह्याम २३ अंकका साथ १७औं स्थानमा छ। लिगमा ४१ खेलसम्म अपराजित लिभरपुलको यात्रा तेस्रो लामो हो। यसअघि आर्सनल २००४ मा ४९ खेलमा अपराजित रहेको थियो भने १९७८ मा नटिङघम फरेस्ट ४२ खेलसम्म अपराजित रहेको थियो। लिभरपुल १९९० पछि पहिलो पटक लिगको उपाधिनजिक पुगेको छ ।

प्रकाशित: १७ माघ २०७६ ०१:३६ शुक्रबार

म्यानचेस्टर_सिटी स्टेडियम लिभरपुल